कङ्क्रिट पम्पको प्रयोग जलविद्युत् परियोजनामा विशेष गरी बाँध निर्माण, सुरुङ्ग र पेनस्टकहरूको कङ्क्रिट लाइनिङ, पावरहाउसको निर्माण र गहिरो जग निर्माणमा गरिन्छ। बाँधको ठूला संरचनाहरूमा ठ्याक्कै स्थानमा कङ्क्रिट पु¥याउन पम्पको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यस्तै, सुरुङ्ग र पेनस्टकहरूमा पानीको सन्तुलन र लामो आयुका लागि कङ्क्रिटको सटिक प्लेसमेन्ट आवश्यक हुन्छ।
भवन निर्माणमा कङ्क्रिट पम्पको प्रयोग उच्च–उचाइका भवनहरूमा कङ्क्रिट माथिल्लो तलामा पु¥याउन, गहिरो जगहरूमा कङ्क्रिटको समान वितरण गर्न, ठूला क्षेत्रफलमा कङ्क्रिट प्लेस गर्न र जटिल डिजाइनमा कङ्क्रिटको ठ्याक्कै प्लेसमेन्ट गर्न गरिन्छ।
हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आफ्ना ग्राहकहरूलाई यस्ता अत्याधुनिक कङ्क्रिट पम्पहरूको भाडामा सुविधा उपलब्ध गराउँदै, परियोजनाहरूलाई छिटो, लागत प्रभावकारी र गुणस्तरीय बनाउने प्रयास गरिरहेको छ।
स्टोर लिंक चेक गर्नको लागि तल इमेज टच गर्नुहोला ।